नियम १२
विषय परिवर्तन सम्बन्धी व्यवस्था
: (१) कुनै सहकारी संस्थाका सदस्यहरूले आफ्नो व्यावसायिक _ आवश्यकताको आधारमा दर्ता हुँदाको बखतको विषय परिवर्तन गर्न चाहेमा साधारण सभामा कायम रहेको कल सदस्य सङ्ख्याको बहुमतबाट निर्णय गराई सोही बमोजिम संस्थाको विनियममा समेत संशोधन गरी सो को स्वीकृतिको लागि अधिकार प्राप्त अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम बिषय परिवर्तनको लागि विनियम संशोधन गर्दा प्रचलित ऐन तथा यस नियमावलीको अधीनमा रही मन्त्रालयबाट निर्धारित शर्त र कार्यविधि पूरा भएको हुनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी संशोधन गरिएको बिनियम स्वीकृत गर्नु पर्नेछ ।